दोलखा । स्थानीय तह निर्वाचनलाई केन्द्रित गरेर नेकपा एमाले भीमेश्वर नगर कमिटीले बुधबार ९० बुँदे प्रतिबद्धता पत्र सार्वजनिक गरेको छ ।
बुधबार विहान चरिकोटमा आयोजित एक कार्यक्रममा नेकपा एमालेका पोलिटव्युरो सदस्य आनन्द प्रसाद पोखरेल, नेकपा एमाले दोलखाका अध्यक्ष नर बहादुर श्रेष्ठ, बागमती प्रदेश कमिटी सदस्य भरत बहादुर केसीले प्रतिबद्धता पत्र सार्वजनिक गर्नु भएको हो ।
सुखमा एमाले, दुखमा एमाले, नागरिकको घर दैलोमा एमाले भन्ने मुल नारालाई सार्थकता दिन एमाले नगर कमिटीले विद्यालय स्तरमा गुणस्तरीय र जीवनउपयोगी सहित प्राविधिक तथा नैतिक शिक्षामा जोड दिने प्रतिबद्धता पत्रमा उल्लेख गरेको छ । त्यस्तै आधारभुत स्वास्थ्य निशुल्क सेवा, खानेपानी तथा ढल निकास, सधैँका लागि सबैका लागि स्वच्छ पानी, सुत्केरी भेटघाट कार्यक्रम, बाँझो फुटाउ, खेती लगाउँ, आफ्ना लागि खाद्यन्न, आफै उत्पादन, पर्यटन हाम्रा पाहुना, समृद्धिका गहाना, एक वडा एक खेलकुद मैदानलाई समेत जोड दिएको छ ।
कार्यक्रममा नेकपा एमालेको तर्फबाट भीमेश्वर नगरपालिकाका मेयरका उम्मेद्वार हरिबंश चौैलागाईले निर्वाचित भएपछि प्रतिबद्धता पत्र अनुसार काम गर्ने बताउनुभयो ।