काठमाण्डौं । पर्यटकिय जिल्ला दोलखालाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा चिनाउने उद्धेश्यले शुक्रबारबाट काठमाण्डौमा तीन दिने फोटो मेला प्रदर्शनी हुने भएको छ ।
धार्मिक, साँस्कृतिक तथा प्राकृतिक रुपमा धनी जिल्लालाई राजधानी काठमाण्डौ हुँदै अन्तर्राष्ट्रिय स्तरसम्म चिनाएर पर्यटन प्रबद्र्धनमा टेवा पु¥याउन मेला आयोजना गरिएको आयोजक दोलखा मिडियाका अध्यक्ष राजेन्द्र मानन्धरले जानकारी दिनुभयो । काठमाण्डौंको भृकुटीमण्डपमा शुक्रबारदेखि आईतबारसम्म तीन दिनसम्म मेला सञ्चालन हुने छ ।
मेलामा स्थानीय, राष्ट्रिय र अन्तर्राष्ट्रिय फोटोग्राफर तथा फोटो पत्रकारले खिचेका दोलखाको विविधता झल्किने खालका १ सय भन्दा बढी तस्बिरहरु प्रदर्शन गरिने छ । मेलामा स्वीस फोटोग्राफर फ्रिज बर्गर, चन्द्रशेखर अधिकारी, लक्ष्मीप्रसाद ङाखुसी, रेखा शाक्य, जीवन लामा, केदार शिवाकोटी, प्रलाद आचार्य, निकेश श्रेष्ठ, मञ्जिवलाल कायस्थ, निमेष कायस्थ, किरण श्रेष्ठ, हिमाल थामी, शुसिल श्रेष्ठ, सविन बुढाथोकी, सकिला कार्की, ज्ञानेन्द्र कार्की, त्रिलोचन प्रधानले खिचेका तस्बिरहरु प्रदर्शन हुने अध्यक्ष मानन्धरले बताउनुभयो ।
बागमती प्रदेशको संस्कृति तथा पर्यटन मन्त्रालयको सहयोगमा दोलखा मिडियाले फोटो मेला प्रदर्शनी गर्न लागेको हो । दोलखा मिडियाले दोलखाको पर्यटन प्रबद्र्धनमा विभिन्न गतिविधि सञ्चालन गर्दै आईरहेको छ ।
मेलाको शुक्रबार विहान १०ः३० बजे बागमती प्रदेशको संस्कृति तथा पर्यटनमन्त्री दिपेन्द्र श्रेष्ठले उद्घाटन गर्ने कार्यक्रम रहेको आयोजकले जनाएको छ ।