दोलखा । भीमेश्वर नगरपालिका वडा नम्बर–८ बोचमा आईतबार दिउँसो दुईवटा यात्रुबाहक बस ठोक्किँदा २२ जना घाईते भएका छन् ।
चरिकोटबाट काठमाण्डौतर्फ जाँदै गरेको बा ३ ख ७४६३ नम्बर र काठमाण्डौबाट बैतेश्वर गाउँपालिका क्षेत्रपा आउँदै गरेको प्रदेश नं ३–०१–००५ ख ९६९७ नम्बरको अरनिको बस दिउँसो करिब १ बजे बोच घुम्तीमा एक आपसमा ठोक्किएर दुर्घटना भएको दोलखा प्रहरीले जनाएको छ । दुर्घटनामा परेका दुवै सवारी साधान घटनास्थलमा रहेको दोलखाका प्रहरी प्रवक्त प्रहरी निरिक्षक राजेश सिग्देलले जानकारी दिनुभयो ।
घाईतेहरुको चरिकोटस्थित दोलखा सामुदायिक अस्पताल र पशुपति चौलागाँई स्मृति अस्पतालमा उपचार भईरहेको प्रहरीले जनाएको छ । धेरैजसो घाईतेहरु सामान्य उपचारपछि घर फर्किएका अस्पतालले जनाएको छ ।
दुर्घटनामा परेर घाईते हुनेहरुको विवरण
१. पदम बहादुर श्रेष्ठ (चालक) शैलुङ गाउँपालिका–३ दोलखा
२. इन्द्र बहादुर तामाङ, शैलुङ गाउँपालिका–२, दोलखा
३. दिपक तामाङ, बैतेश्वर गाउँपालिका–६, दोलखा
४. देबी खड्का, बैतेश्वर गाउँपालिका–७, दोलखा
५.साबित्रा बस्नेत, बैतेश्वर गाउँपालिका–८, दोलखा
६. बिजय बस्नेत, बैतेश्वर गाउँपालिका–८, दोलखा
७. शिला श्रेष्ठ, बैतेश्वर गाउँपालिका–८, दोलखा
८. राम बहादुर भुजेल, भीमेश्वर नगरपालिका–८, दोलखा
९. बाबुराम कार्की, मेलुङ गाउँपालिका–२, दोलखा
१०. अभिषेक नेपाली, बैतेश्वर गाउँपालिका–७, दोलखा
११. गंगा देबी भुजेल, भीमेश्वर नगरपालिका–८, दोलखा
१२. नर बहादुर खड्का, रामेछाप
१३. तिर्थ बहादुर थामी, कालिञ्चोक गाउँपालिका–३, दोलखा
१४. शोभा जुजेल, बैतेश्वर गाउँपालिका–८, दोलखा
१५. जीवन भण्डारी, बैतेश्वर गाउँपालिका–७, दोलखा
१६. बबिता खड्का, बैतेश्वर गाउँपालिका–८, दोलखा
१७. शान्ति श्रेष्ठ, बैतेश्वर गाउँपालिका–८, दोलखा
१८. भक्त बहादुर केसी, विगु गाउँपालिका–२, दोलखा
१९. साङ्गीमा शेर्पा, गौरीशङ्कर गाउँपालिका–५, दोलखा
२०. डुक्लुमा शेर्पा, गौरीशङ्कर गाउँपालिका–५, दोलखा
२१. भुवन खत्री, बैतेश्वर गाउँपालिका–७, दोलखा
२२. युनु तामाङ, भीमेश्वर नगरपालिका–६, दोलखा