काठमाण्डौं । ओजस थिएटरको प्रस्तुतीमा नाटक ‘असुर’ भदौ १५ गते बुधबारदेखि प्रदर्शन हुने भएको छ ।
काठमाण्डौं रातोपुलस्थित ओजस थिएटरमा भदौ १५ गतेदेखि आगामी असोज ८ गतेसम्म ‘असुर’ मञ्चन गर्न लागिएको ओजस थिएटर एण्ड फिल्म्स स्टुडियोका प्रमुख सागर कार्कीले जानकारी दिनुभयो । राजन कार्कीले निर्माण गरेको नाटकलाई रविन दोङले लेख्नुभएको हो भने विवेक न्यौपानेले निर्देशन गर्नुभएको छ ।
मानव जीवनमा शक्तिको महत्व र शक्ति प्राप्तीका लागि गरिने क्रियाकलापमा केन्द्रित नाटकको भदौ १५ गते साँझ ५ बजे प्रिमियर शो हुने भएको छ । नाटकमा सुचित्रा उप्रेती, सागर कार्की र प्रल्हाद खरेलले मुख्य भूमिका निर्वाह गर्नुभएको छ ।
नाटकमा केशवसिंह ठगुन्ना, प्रतीक दुलाल, नमस्ते दिवाकर घिमिरे, सोफिया बज्राचार्य, विजय सापकोटा, सन्तोषी पौडेल, उज्जवलराज ढकाल, श्याम कार्की, विरेन्द्रसिंह कुशवाहा, अस्मिता ढकाल, शेखर दाहाल, गंगा मगर, विशाल परियार, लक्ष्मी राई, अनिल गुरुङ, ओसन कार्की, प्रशंसा गहतराज र शुक्रराज मगरको अभिनय छ ।
विवेक न्यौपानेले ध्वनि परिकल्पना रहेको नाटकमा उदिप शिवाकोटीले प्रकाश परिकल्पना गर्नुभएको छ ।
नाटक बिहिबार बाहेक हरेक दिन साँझ ५ बजेदेखि मञ्चन हुनेछ भने शनिबार दिउँसो १ बजे पनि मञ्चन हुनेछ । १ सय ५० जनाले एकै पटक नाटक हेर्नसक्ने क्षमता रहेको थिएटरमा ५ हजार दर्शक भित्र्याउने योजना छ ।