दोलखा । आगामी मंसिर ४ गते हुन लागेको प्रदेशसभा सदस्य पदका लागि नेकपा एमाले दोलखाले उम्मेद्वारका आकाङ्क्षीहरुको नाम प्रदेश कमिटीमा पठाउने निर्णय गरेको छ ।
सोमबारको जिल्ला कमिटी बैठकले प्रत्यक्षतर्फ प्रदेश ‘क’ मा ४ जना र ‘ख’ बाट ५ जना आकाङ्क्षीहरुको नाम सिफारिस गरेर पठाउने निर्णय गरेको एमाले दोलखाका उपाध्यक्ष तथा प्रचार विभाग प्रमुख राजेन्द्र मानन्धरले जानकारी दिनुभयो । त्यसैगरी प्रदेशसभाको समानुपातिकतर्फ प्रदेश क बाट ११ जना र प्रदेश ख बाट १२ जनाको नाम सिफारिस गरिएको छ ।
नेकपा एमाले प्रदेशसभा निर्वाचन क्षेत्र नं ‘क’ र ‘ख’ बाट सिफारिस भई आएका र पार्टी कार्यालयमा नियमानुसार दर्ता भएका प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्यका उम्मेद्वारका नामावली नेकपा एमाले बागमती प्रदेश कमिटीमा सिफारिस गर्ने निर्णय भएको छ ।
प्रत्यक्षतर्फ
प्रदेशसभा निर्वाचन क्षेत्र ‘क’
नर बहादुर श्रेष्ठ–नेकपा एमाले जिल्ला कमिटी अध्यक्ष
टंक जिरेल–नेकपा एमाले जिल्ला कमिटी सदस्य
जिवसराज खड्का–नेकपा एमाले जिल्ला कमिटी सदस्य
विदुर शर्मा–प्रदेश सल्लाहकार सदस्य
प्रदेशसभा निर्वाचन क्षेत्र ‘ख’
लालकुमार के.सी–केन्द्रिय सल्लाहकार सदस्य
बालकृष्ण शिवाकोटी–प्रदेश कमिटी सदस्य
भरत बहादुर के.सी–प्रदेश कमिटी सदस्य
डबल पाण्डे–प्रदेश कमिटी सदस्य
कैलाश श्रेष्ठ–जिल्ला कमिटी सदस्य
समानुपातिकतर्फ
प्रदेशसभा निर्वाचन क्षेत्र ‘क’
–लक्ष्मण गुभाजु
–सुन्दर कार्की
–अम्बिका गोले
–हरि बहादुर जिरेल
–शान्ति कुमारी तामाङ
–उर्मिला सुनुवार
–मिङमा शेर्पा
–राम बहादुर श्रेष्ठ
–रमेश सुनुवार
–नविना लामा
–डिल्लीध्वज बराईली
प्रदेशसभा निर्वाचन क्षेत्र ‘ख’
–कालिका पाठक
–दिनेश बस्नेत
–कृष्णकुमारी थामी
–चिरञ्जीवी मास्के
–कृष्ण बहादुर श्रेष्ठ
–डा.जानुका न्यौपाने
–टेक घतानी
–ठूला थामी
–थीर बहादुर मोक्तान
–पार्वती खड्का
–मेनुका सुवेदी
–राधिका ओली