काठमाण्डौं । दोलखाबाट प्रतिनिधिसभाको अन्तिम चुनावी मतपरिणाम आएसँगै सोमबार देशका १६५ निर्वाचन क्षेत्रको अन्तिम मतपरिणाम सार्वजनिक भएको छ ।
सबैभन्दा धेरै ५७ क्षेत्रमा जित हाँसिल गर्दै नेपाली काङ्ग्रेस ठूलो दल बनेको छ भने ४४ क्षेत्रमा जित हाँसिल गरेको नेकपा एमाले दोश्रो बन्न सफल भएको छ । त्यसैगरी १८ क्षेत्रमा जित निकालेको माओवादी केन्द्र तेश्रो तथा १० क्षेत्रमा जितेको नेकपा एकिकृत समाजवादी चौथो दल बनेको छ ।
सिट संख्याका आधारमा जनता समाजवादी पार्टी नेपाल, राष्ट्रिय प्रजातन्त्र पार्टी र राष्ट्रिय स्वतन्त्र पार्टीले सात–सात क्षेत्रमा जितेर पाँचौं दलको रुपमा आफूलाई उभ्याएका छन् । त्यसैगरी लोकतान्त्रिक समाजवादी पार्टी ३ तथा नेपाल मजदुर किसान पार्टी, जनमत पार्टी र राष्ट्रिय जनमोर्चाले एक–एक सिट जितेका छन् । विभिन्न क्षेत्रबाट ५ जना स्वतन्त्र सांसद निर्वाचित भएका निर्वाचन आयोगको तथ्याङ्कमा उल्लेख छ ।
निर्वाचन सांसदहरुले प्राप्त गरेको मतसहितको विवरण
प्रदेश १
१.ताप्लेजुङ–१ योगेश भट्टराई, नेकपा एमाले–२१,९४३
२.पाँचथर–१ बसन्त कुमार नेम्वाङ, नेकपा एमाले–३२,१३५
३.इलाम–१ महेश बस्नेत, नेकपा एमाले–२५,७५३
४.इलाम–२ सुबासचन्द्र नेम्वाङ, नेकपा एमाले–३०,०२०
५.झापा–१ विश्वप्रकाश शर्मा, नेपाली काङ्ग्रेस–३९,६२४
६.झापा–२ देवराज घिमिरे, नेकपा एमाले–२८,७१६
७.झापा–३ राजेन्द्र प्रसाद लिङ्देन, राप्रपा–४०,६६२
८.झापा–४ लाल प्रसाद साँवा लिम्बु, नेकपा एमाले–२९,३१५
९.झापा–५ केपी शर्मा ओली, नेकपा एमाले–५२,३१९
१०.संखुवासभा–१ दिपक खड्का, नेपाली काङ्ग्रेस–३२,१६१
११.तेह्रथुम–१ सीता गुरुङ, नेपाली काङ्ग्रेस–१९,७०७
१२.धनकुटा–१ राजेन्द्र कुमार राई, नेकपा एमाले–३०,१०१
१३.मोरङ–१ डिग बहादुर लिम्बु, नेपाली काङ्ग्रेस–२७,२९७
१४.मोरङ–२ ऋषिकेश पोखरेल, नेकपा एमाले–३३,१४८
१५.मोरङ–३ शुनिल कुमार शर्मा, नेपाली काङ्ग्रेस–४८,६३१
१६.मोरङ–४ अमनलाल मोदी, नेकपा माओवादी केन्द्र–३०,६१२
१७.मोरङ–५ योगेन्द्र मण्डल, स्वतन्त्र–२१,८२०
१८.मोरङ–६ डा.शेखर कोईराला, नेपाली काङ्ग्रेस–३५,२२४
१९.सुनसरी–१ अशोक कुमार राई, जनता समाजवादी पार्टी–१७,०५९
२०.सुनसरी–२ भीम प्रसाद आचार्य, नेकपा एमाले–३२,०२४
२१.सुनसरी–३ भगवती चौधरी, नेकपा एमाले–४०,७८८
२२.सुनसरी–४ ज्ञानेन्द्र बहादुर कार्की, नेपाली काङ्ग्रेस–३०,४८३
२३.सोलुखुम्बु–१ मानवीर राई, नेकपा एमाले–१९,३२४
२४.ओखलढुङ्गा–१ रामहरि खतिवडा, नेपाली काङ्ग्रेस–३३,५५६
२५.उदयपुर–१ डा.नारायण खड्का, नेपाली काङ्ग्रेस–३१,२७०
२६.उदयपुर–२ अम्मर बहादुर रायमाझी, नेकपा एमाले–१५,२५१
२७.भोजपूर–१ सुदन किराँती, नेकपा माओवादी केन्द्र–२८,५९१
२८.खोटाङ–१ रामकुमार राई, नेकपा माओवादी केन्द्र–३१,३५१
मधेश प्रदेश
२९.सप्तरी–१ नवलकिशोर शाह सुडी, जनता समाजवादी पार्टी–२३,६०४
३०.सप्तरी–२ चन्द्रकान्त राउत (सिके), जनमत पार्टी–३५,०४२
३१.सप्तरी–३ दिनेशकुमार यादव, नेपाली काङ्ग्रेस–२६,१६६
३२.सप्तरी–४ तेजुलाल चौधरी, नेपाली काङ्ग्रेस–२३,४९१
३३.सिराहा–१ रामशङ्कर यादव, नेकपा एमाले–२९,४६२
३४.सिराहा–२ राजकिशोर यादव, जनता समाजवादी पार्टी–२४,१७८
३५.सिराहा–३ लिलानाथ श्रेष्ठ, नेकपा एमाले–२८,०६४
३६.सिराहा–४ विरेन्द्र प्रसाद महतो, जनता समाजवादी पार्टी–२४,१०२
३७.धनुषा–१ दिपक कार्की, जनता समाजवादी पार्टी–२७,४३१
३८.धनुषा–२ रामकृष्ण यादव, नेपाली काङ्ग्रेस–२०,११२
३९.धनुषा–३ जुलि कुमारी महतो, नेकपा एमाले–३३,३८८
४०.धनुषा–४ रघुविर महासेठ, नेकपा एमाले–३२,२३६
४१.महोत्तरी–१ लझ्मी महतो कोईरी, नेकपा एमाले–२३,४०२
४२.महोत्तरी–२ शरतसिंह भण्डारी, लोकतान्त्रिक समाजवादी पार्टी–२५,१९०
४३.महोत्तरी–३ महन्थ ठाकुर, लोकतान्त्रिक समाजवादी पार्टी–१६,३७५
४४.महोत्तरी–४ महेन्द्र कुमार राय, नेपाली काङ्ग्रेस–२५,४४८
४५.सर्लाही–१ रामप्रकाश चौधरी, लोकतान्त्रिक समाजवादी पार्टी–२४,८३८
४६.सर्लाही–२ महिन्द्र राय यादव, नेकपा माओवादी केन्द्र–२३,५२९
४७.सर्लाही–३ हरि प्रसाद उप्रेती, नेकपा एमाले–३२,९३८
४८.सर्लाही–४ अमरेश कुमार सिंह, स्वतन्त्र–२०,०१७
४९.रौतहट–१ माधव कुमार नेपाल, नेकपा एकिकृत समाजवादी–३३,५२२
५०.रौतहट–२ किरण कुमार शाह, स्वतन्त्र–३२,८४२
५१.रौतहट–३ प्रभु शाह, स्वतन्त्र–३२,४३७
५२.रौतहट–४ देव प्रसाद तिमल्सेना, नेपाली काङ्ग्रेस–३४,१६१
५३.बारा–१ अच्युत प्रसाद मैनाली, नेकपा एमाले–३९,१९५
५४.बारा–२ रामसहाय प्रसाद यादव, जनता समाजवादी पार्टी–१३,८२२
५५.बारा–३ ज्वाला कुमारी शाह, नेकपा एमाले–२०,२५१
५६.बारा–४ कृष्ण कुमार श्रेष्ठ, नेकपा एकिकृत समाजवादी–३०,३४१
५७.पर्सा–१ प्रदिप यादव, जनता समाजवादी पार्टी–२२,५३७
५८.पर्सा–२ अजयकुमार चौरासिया, नेपाली काङ्ग्रेस–२८,४५१
५९.पर्सा–३ राजकुमार गुप्ता, नेकपा एमाले–२४,३१९
६०.पर्सा–४ रमेश रिजाल, नेपाली काङ्ग्रेस–३१,२२४
बागमती प्रदेश
६१.दोलखा–१ गङ्गा बहादुर कार्की, नेकपा माओवादी केन्द्र–३६,८२०
६२.रामेछाप–१ पुर्ण बहादुर तामाङ, नेपाली काङ्ग्रेस–४७,०९९
६३.सिन्धुली–१ श्याम कुमार घिमिरे, नेपाली काङ्ग्रेस–३०,३९१
६४.सिन्धुली–२ लेखनाथ दाहाल, नेकपा माओवादी केन्द्र–२७,५१७
६५.सिन्धुपाल्चोक–१ माधव सापकोटा, नेकपा माओवादी केन्द्र–३०,४०८
६६.सिन्धुपाल्चोक–२ मोहन बहादुर बस्नेत, नेपाली काङ्ग्रेस–३९,३८१
६७.काभ्रेपलाञ्चोक–१ सूर्यमान तामाङ (दोङ), नेकपा माओवादी केन्द्र–३४,५१२
६८.काभ्रेपलाञ्चोक–२ गोकुल प्रसाद बास्कोटा, नेकपा एमाले–४५,३४५
६९.भक्तपुर–१ प्रेम सुवाल, नेपाल मजदुर किसान पार्टी–४२,७६१
७०.भक्तपुर–२ दुर्लभ थापा क्षेत्री, नेपाली काङ्ग्रेस–२४,२३९
७१.काठमाण्डौं–१ प्रकाशमान सिंह, नेपाली काङ्ग्रेस–७,१४३
७२.काठमाण्डौं–२ सोविता गौतम, राष्ट्रिय स्वतन्त्र पार्टी–१५,२३८
७३.काठमाण्डौं–३ सन्तोष चालिसे, नेपाली काङ्ग्रेस–१५,१५८
७४.काठमाण्डौं–४ गगन कुमार थापा, नेपाली काङ्ग्रेस–२१,३०२
७५.काठमाण्डौं–५ प्रदिप पौडेल, नेपाली काङ्ग्रेस–१५,२६९
७६.काठमाण्डौं–६ शिशिर खनाल, राष्ट्रिय स्वतन्त्र पार्टी–१४,२२१
७७.काठमाण्डौं–७ गणेश पराजुली, राष्ट्रिय स्वतन्त्र पार्टी–८,७४३
७८.काठमाण्डौं–८ विराजभक्त श्रेष्ठ, राष्ट्रिय स्वतन्त्र पार्टी–१०,११२
७९.काठमाण्डौं–९ कृष्णगोपाल श्रेष्ठ, नेकपा एमाले–११,९५६
८०.काठमाण्डौं–१० राजेन्द्र कुमार केसी, नेपाली काङ्ग्रेस–१४,४६३
८१.ललितपुर–१ उदय शमसेर राणा, नेपाली काङ्ग्रेस–२३,८९२
८२.ललितपुर–२ प्रेम बहादुर महर्जन, नेकपा एमाले–१५,०२५
८३.ललितपुर–३ डा.तोसिमा कार्की, राष्ट्रिय स्वतन्त्र पार्टी–३१,१३६
८४.नुवाकोट–१ हित बहादुर तामाङ, नेकपा माओवादी केन्द्र–२६,५४८
८५.नुवाकोट–२ अर्जुननरसिंह केसी, नेपाली काङ्ग्रेस–२८,१०७
८६.रसुवा–१ मोहन आचार्य, नेपाली काङ्ग्रेस–१८,२३५
८७.धादिङ–१ राजेन्द्र प्रसाद पाण्डे, नेकपा एकिकृत समाजवादी–३६,०१८
८८.धादिङ–२ रामनाथ अधिकारी, नेपाली काङ्ग्रेस–३४,७३६
८९.मकवानपुर–१ दिपक बहादुर सिंह, राप्रपा–२७,८५१
९०.मकवानपुर–२ महेशकुमार बर्तौला, नेकपा एमाले–३४,९५०
९१.चितवन–१ हरि ढकाल, राष्ट्रिय स्वतन्त्र पार्टी–३४,२१८
९२.चितवन–२ रवि लामिछाने, राष्ट्रिय स्वतन्त्र पार्टी–४९,३००
९३.चितवन–३ विक्रम पाण्डे, राप्रपा–३५,०६०
गण्डकी प्रदेश
९४.गोरखा–१ राजेन्द्र बजगाँई, नेपाली काङ्ग्रेस–३३,४२८
९५.गोरखा–२ पुष्पकमल दाहाल, नेकपा माओवादी केन्द्र–२६,१०९
९६.बाग्लुङ–१ चित्र बहादुर केसी, राष्ट्रिय जनमोर्चा–२१,४६४
९७.बाग्लुङ–२ देवेन्द्र पौडेल, नेकपा माओवादी केन्द्र–२४,७९४
९८.कास्की–१ मन बहादुर गुरुङ, नेकपा एमाले–२५,७०८
९९.कास्की–२ विद्या भट्टराई, नेकपा एमाले–१६,९९८
१००.कास्की–३ दामोदर पौडेल वैरागी, नेकपा एमाले–२२,९८०
१०१.पर्वत–१ पदम गिरी, नेकपा एमाले–२९,८७२
१०२.लमजुङ–१ पृथ्वीसुब्बा गुरुङ, नेकपा एमाले–३४,९८५
१०३.तनहुँ–१ रामचन्द्र पौडेल, नेपाली काङ्ग्रेस–२५,३६१
१०४.तनहुँ–२ शङ्कर भण्डारी, नेपाली काङ्ग्रेस–३०,६०४
१०५.मनाङ–१ टेक बहादुर गुरुङ, नेपाली काङ्ग्रेस–२,५७५
१०६.मुस्ताङ–१ योगेश गौचन थकाली, नेपाली काङ्ग्रेस–३,९९२
१०७.स्याङजा–१ राजु थापा, नेपाली काङ्ग्रेस–३१,९९९
१०८.स्याङजा–२ धनराज गुरुङ, नेपाली काङ्ग्रेस–३१,४६६
१०९.नवलपरासी बर्दघाट पूर्व–१ सशांक कोईराला, नेपाली काङ्ग्रेस–२७,०६७
११०.नवलपरासी बर्दघाट पूर्व–२ विष्णुकुमार कार्की, नेपाली काङ्ग्रेस–३६,१३२
१११.म्याग्दी–१ खम बहादुर गर्बुजा, नेपाली काङ्ग्रेस–२४,०२१
लुम्बिनी प्रदेश
११२.नवलपरासी पश्चिम–१ विनोद कुमार चौधरी, नेपाली काङ्ग्रेस–२९,५१९
११३.नवलपरासी पश्चिम–२ धु्रब बहादुर प्रधान, राप्रपा–३४,७६४
११४.रुपन्देही–१ छविलाल विश्वकर्मा, नेकपा एमाले–२४,८८२
११५.रुपन्देही–२ विष्णु पौडेल, नेकपा एमाले–२७,१६५
११६.रुपन्देही–३ दिपक बोहोरा, राप्रपा–३६,७१७
११७.रुपन्देही–४ सर्वेन्द्रनाथ शुक्ला, लोकतान्त्रिक समाजवादी पार्टी–२८,०००
११८.रुपन्देही–५ वासुदेव घिमिरे, नेकपा एमाले–३६,८२२
११९.पाल्पा–१ नारायण प्रसाद आचार्य, नेकपा एमाले–३१,१०३
१२०.पाल्पा–२ ठाकुर प्रसाद गैरे, नेकपा एमाले–२८,६४५
१२१.कपिलबस्तु–१ बलराम अधिकारी, नेकपा एमाले–३४,६७५
१२२.कपिलबस्तु–२ सुरेन्द्रराज आचार्य, नेपाली काङ्ग्रेस–३९,०१४
१२३.कपिलबस्तु–३ मङ्गल प्रसाद गुप्ता, नेकपा एमाले–२२,६१९
१२४.अर्घाखाँची–१ टोप बहादुर रायमाझी, नेकपा एमाले–४२,६७५
१२५.गुल्मी–१ चन्द्रकान्त भण्डारी, नेपाली काङ्ग्रेस–३३,७४४
१२६.गुल्मी–२ गोकर्णराज विष्ट, नेकपा एमाले–२८,४७६
१२७.प्युठान–१ सूर्य बहादुर थापा क्षेत्री, नेकपा एमाले–४१,११८
१२८.रोल्पा–१ बर्षमान पुन, नेकपा माओवादी केन्द्र–४१,७१४
१२९.रुकुम पूर्व–१ पूर्ण बहादुर घर्ती मगर, नेकपा माओवादी केन्द्र–१२,२६२
१३०.दाङ–१ मेटमणि चौधरी, नेकपा एकिकृत समाजवादी–२६,५७६
१३१.दाङ–२ रेखा शर्मा, नेकपा माओवादी केन्द्र–२६,८८०
१३२.दाङ–३ दिपक गिरी, नेपाली काङ्ग्रेस–३६,९११
१३३.बाँके–१ सूर्य प्रसाद ढकाल, नेकपा एमाले–२५,०२६
१३४.बाँके–२ धवल शमसेर जबरा, राप्रपा–२९,५७७
१३५.बाँके–३ किशोरसिंह राय यादव, नेपाली काङ्ग्रेस–२९,०९७
१३६.बर्दिया–१ सञ्जय कुमार गौतम, नेपाली काङ्ग्रेस–३०,६११
१३७.बर्दिया–२ लालबिर चौधरी, स्वतन्त्र–२६,५२०
कर्णाली प्रदेश
१३८.डोल्पा–१ धन बहादुर बुढा, नेकपा एकिकृत समाजवादी–११,२९२
१३९.रुकुम पश्चिम–१ जनार्दन शर्मा, नेकपा माओवादी केन्द्र–३९,५४९
१४०.सल्यान–१ प्रकाश ज्वाल, नेकपा एकिकृत समाजवादी–३५,७०७
१४१.सुर्खेत–१ पूर्ण बहादुर खड्का, नेपाली काङ्ग्रेस–४२,६०७
१४२.सुर्खेत–२ हृदयराम थानी, नेपाली काङ्ग्रेस–३४,६२५
१४३.जाजरकोट–१ शक्ति बहादुर बस्नेत, नेकपा माओवादी केन्द्र–३४,१५१
१४४.दैलेख–१ अम्मर बहादुर थापा, नेकपा एकिकृत समाजवादी–१८,२९७
१४५.दैलेख–२ दिक्पाल कुमार शाही, नेपाली काङ्ग्रेस–२०,१८३
१४६.कालिकोट–१ महेन्द्र बहादुर शाही, नेकपा माओवादी केन्द्र–२३,७२७
१४७.जुम्ला–१ ज्ञान बहादुर शाही, राप्रपा–२२,८१९
१४८.मुगु–१ ऐन बहादुर शाही, नेपाली काङ्ग्रेस–१४,७०६
१४९.हुम्ला–१ छिरीङ डम्डुल लामा (भोटे), नेकपा माओवादी केन्द्र–१४,३७१
सुदुरपश्चिम प्रदेश
१५०.कैलाली–१ रञ्जिता श्रेष्ठ, नागरिक उन्मुक्ति पार्टी–३०,४०४
१५१.कैलाली–२ अरुणकुमार चौधरी, नागरिक उन्मुक्ति पार्टी–२१,८७१
१५२.कैलाली–३ गङ्गाराम चौधरी, नागरिक उन्मुक्ति पार्टी–२३,१२०
१५३.कैलाली–४ वीर बहादुर बलायर, नेपाली काङ्ग्रेस–२६,२७५
१५४.कैलाली–५ डिल्लीराज पन्त, नेपाली काङ्ग्रेस–२१,३९२
१५५.अछाम–१ शेर बहादुर कुँवर, नेकपा एकिकृत समाजवादी–१९,५३४
१५६.अछाम–२ पुष्प बहादुर शाह, नेपाली काङ्ग्रेस–२२,९५४
१५७.बाजुरा–१ बद्री प्रसाद पाण्डे, नेपाली काङ्ग्रेस–३१,७८६
१५८.बझाङ–१ भानुभक्त जोशी, नेकपा एकिकृत समाजवादी–२८,४१३
१५९.डोटी–१ प्रेम बहादुर आले, नेकपा एकिकृत समाजवादी–२७,२१०
१६०.दार्चुला–१ दिलेन्द्र प्रसाद बडु, नेपाली काङ्ग्रेस–२८,५१५
१६१.बैतडी–१ दामोदर भण्डारी, नेकपा एमाले–३३,६११
१६२.डडेल्धुरा–१ शेर बहादुर देउवा, नेपाली काङ्ग्रेस–२५,५३४
१६३.कञ्चनपुर–१ तारा लामा तामाङ, नेकपा एमाले–२४,९४३
१६४.कञ्चनपुर–२ नारायण प्रसाद साउद, नेपाली काङ्ग्रेस–२८,१३६
१६५.कञ्चनपुर–३ रमेश लेखक, नेपाली काङ्ग्रेस–३०,५७५