दोलखा । समाजसेवी स्वर्गीय श्रीकृष्ण दाहालको स्मृतिमा भीमेश्वर नगरपालिका वडा नम्बर–७ मा रहेको कुटीडाँडा माध्यामिक विद्यालयमा अक्षय कोष स्थापना गरिएको छ ।
मङ्गलबार विद्यालयमा आयोजित एक कार्यक्रमकाबिच कुटीडाँडा पुर्व विद्यार्थी समाजका अध्यक्ष उमेश खड्काले अक्षय कोषको लागि १ लाख ५१ हजार रुपैयाँ बराबरको चेक प्रधानाध्यापक शङ्करलाल श्रेष्ठलाई हस्तान्तरण गर्नुभएको हो ।
कक्षा ११, १२ र स्नातक तहको गणित विषयका लेखक, कुटीडाँडा पुर्व विद्यार्थी समाज र गौरीशङ्कर बहुमुखी क्याम्पसका पुर्व विद्यार्थी समाजका तत्कालीन अध्यक्ष समेत रहनुभएका दाहालको कोभिड महामारीमा परेर मृत्यु भएको थियो ।
यसैबिच पुर्व विद्यार्थी समाजले विद्यालयलाई राम्रो बनाउन महत्वपूर्ण भूमिका खेलेको भन्दै पुर्व प्रधानाध्यापकहरु नरबहादुर बस्नेत, स्याम सुन्दर बस्नेत, रामकेशरि चर्मकार, ज्ञानु योगी, नारायण भुजेललाई सम्मान गरेको छ । त्यसैगरी लामो समय कुशल प्रधानाध्यापकको भूमिका निर्वाह गरेको भन्दै विद्यालयका वर्तमान प्रधानाध्यापक शङ्करलाल श्रेष्ठ र शिक्षक ध्रुब बस्नेतलाई पनि सम्मान गरीएको छ ।
कार्यक्रममा भिमेश्वर नगर प्रमुख इश्वर नारायण मानन्धर, वडा अध्यक्ष विनोद तामाङ, विद्यालय व्यवस्थापन समितिका पुर्व अध्यक्ष बासु दाहाल, निवर्तमान वडा अध्यक्ष कैलास कुमार श्रेष्ठ लगायतको उपस्थिती रहेको कुटीडाँडा माध्यामिक विद्यालयका सहायक प्रधानाध्यापक ईश्वर चौलागाँईंले जानकारी दिनुभयो ।