दोलखा । नेपाल पाराभेटेरीनरी एण्ड लाईभस्टक एसोशियसन जिल्ला कार्यसमिति दोलखाले लम्पी स्किन रोग विरुद्ध प्रभावकारी कदम चाल्न माग गर्दै आईतबार प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाएको छ ।
जिल्ला प्रशासन कार्यालय मार्फत ६ बुँदे मागसहित एसोशियसनले प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयलाई ज्ञापनपत्र बुझाएको हो । लम्पी स्किन रोगका कारण किसानहरुले ठूलो क्षति व्यहोर्नु परेको भन्दै उचित कदम चाल्न माग गरिएको छ ।
ज्ञापन पत्रमा उल्लेख गरिएका मागहरु
१.लम्पी स्किन रोगको अवस्था भयावह बन्दै गएकोले महामारीको अवस्थालाई मध्यनजर गर्दै सङ्कटकाल घोषणा गर्नुपर्ने ।
२.लम्पी स्किन रोग नियन्त्रणको लागि ठोस योजनाको साथ आवश्यक औषधी तथा खोपको व्यवस्था गर्नुपर्ने ।
३.लम्पी स्किन रोग नियन्त्रण र उपचारका लागी पशु चिकित्सक र प्राविधिकहरु सशक्त रुपमा परिचालन गर्नुपर्ने ।
४.लम्पी स्किन रोग नियन्त्रण र उपचारका लागि प्रयोग हुने औषधीहरु बजारमा अभाव रहेकोले आवश्यक औषधीहरुको उपलब्धता बढाउनु पर्ने ।
५.बिमा गरिएका पशुहरुको बिमा बापतको क्षतिपुर्ति उपलब्ध गराउनु पर्ने ।
६.लम्पी स्किन रोगबाट मृत्यु भएका पशुहरु र प्रत्यक्ष रुपमा पभावित भएका कृषक र व्यवसायीहरुलाई राहतको कार्यक्रम ल्याउनु पर्ने ।