दोलखा । नेपाल राष्ट्रिय शिक्षक सङ्गठन भीमेश्वर नगर समितिको अध्यक्षमा अञ्जना सुवेदी सर्वसम्मत चयन हुनु भएको छ ।
शनिबार चरिकोटस्थित गौरीशङ्कर बहुमुखी क्याम्पसमा भएको अधिवेशनले सुवेदीको अध्यक्षतामा ३६ सदस्यीय नगर कार्यसमित सर्वसम्मत रुपमा चयन गरेको हो । समितिको खुला उपाध्यक्ष पदम प्रसाद शिवाकोटी, महिला उपाध्यक्ष लक्ष्मी भुजेल, सचिव सूर्य चौलागाई, सहसचिव समीरा बस्नेत, कोषाध्यक्ष राजु नेपाली र सहकोषाध्यक्ष उर्मिला खड्का चयन भएका छन् । त्यसैगरी समितिको सदस्यहरुमा उद्धव कार्की, पार्वती खडका, सोफिया खड्का, सविना खड्का, गीता थामी, दिपेन्द्र कार्की लगायत रहेका छन् ।
अधिवेशनबाट निर्वाचित समितिलाई नेपाल राष्ट्रिय शिक्षक सङ्गठन बागमती प्रदेश इन्चार्ज शङ्करलाल श्रेष्ठले सपथ ग्रहण गराउनु भएको छ । निर्वाचित कार्यसमितिको कार्यकाल तीन बर्षको हुनेछ ।
कार्यक्रममा शिक्षक सङ्गठनमा महत्वपूर्ण योगदान गर्नुहुने शिक्षक महासंघका पूर्व अध्यक्ष पदम जिरेल, सिर्जनात्मक शिक्षक सम्मानबाट सुन्दर खड्का, दीर्घ सेवासम्मान अन्तरगत मिन प्रसाद पोखरेल, लक्ष्मेश्वर मण्डल, दिनेश कुमार कार्की र समाजसेवी सम्मानबाट जोखिममा परेका महिला तथा बालबालिकाको संरक्षण गर्दै आउनुभएकी आवाज नेपालकी अध्यक्ष सिर्जना कार्कीलाई सम्मान गरिएको भीमेश्वर नगर समितिले जनाएको छ ।