काठमाण्डौं । यहि चैत्र २५ गते हुने नेपाल पत्रकार महासंघ केन्द्रिय समिति निर्वाचनका शनिबार साँझ मनोनय दर्ताको काम सम्पन्न भएको छ ।
निर्वाचन समितिले सार्वजनिक गरेको सूची अनुसार अध्यक्ष पदका लागि पाँच जनाको उम्मेद्वारी परेको छ । गजेन्द्रसिंह बुढाथोकी, दिपक पाठक, निर्मला शर्मा, रामप्रसाद दाहाल र विपुल पोख्रेलले अध्यक्ष पदका लागि उम्मेद्वारी दिनुभएको छ । त्यसैगरी बरिष्ठ उपाध्यक्षमा ध्रुब लम्साल, माधव नेपाल, रमेश विष्ट र रामजी दाहाल तथा महिला उपाध्यक्षमा दाना सुबेदी र बाला अधिकारको उम्मेद्वारी परेको छ ।
अवधेश झा, उदय जीएम, मोहनकुमार सिंह, रेमवहादुर विश्वकर्मा र शीतलप्रसाद महतोले समावेशी उपाध्यक्षमा उम्मेद्वारी दिनुभएको छ । महासचिवमा भने बालकृष्ण बस्नेत, राजेश मिश्र, रोसन पुरी र सुबोध गौतमको उम्मेद्वारी परेको छ । खुला सचिवमा कमल पन्त, गोविन्दप्रसाद चौलागाँई, जन्मदेव जैसीं, नकुल अर्याल, यमप्रसाद शर्मा (एम विरही) र. रामकृष्ण ज्ञवाली गरी ६ जनाले उम्मेद्वारी दिनुभएको छ ।
महिला सचिवमा निमा काफ्ले र सृजना अर्यालको उम्मेद्वारी परेको छ । नारायण सुन्दर किलम्बु, रामकुमार श्रेष्ठ र शाहीमान राईले आदिवासी जनजाति सचिवमा उम्मेद्वारी दिनुभएको छ । मधेशी सचिवमा भने दीपेन्द्र चौहान, देवकुमार यादव, प्रविणकुमार चौधरी र स्वेता सिन्हको उम्मेद्वारी परेको छ । गणेशकुमार वि.क., गोपाल वराइली, मधु शाही, मान सिंह वि.क र हेमकर्ण वि.कले दलित सचिवमा उम्मेद्वारी दिनुभएको छ ।
त्यस्तै एसोसिएट सचिवमा केपी ढुंगाना, केशवराज खनाल, पवन आचार्य, विनय देवकोटा, राधेश्याम दाहाल र रामेश्वर कार्कीको उम्मेद्वारी परेको छ । कोषाध्यक्षमा भने कलेन्द्र सेजुवाल, कृष्ण गिरी, दिलीप पौडेल, प्रकाश थापा, माधव दुलाल र मिन बहादुर बलमे उम्मेद्वारी दिनुभएको छ ।
प्रत्यक प्रदेशबाट दुईजना निर्वाचित हुने प्रदेश सदस्यका लागि प्रदेश नं १ बाट ६ जना, प्रदेश २ बाट ७ जना, बागमती प्रदेशबाट ७ जना र गण्डकी प्रदेशबाट ७ जनाको उम्मेद्वारी परेको छ । त्यस्तै लुम्बिनीबाट १० जना, कर्णालीबाट ७ र सुदुरपश्चिम प्रदेशबाट ५ जनाको उम्मेद्वारी परेको छ ।
यसपालीदेखि केन्द्र, प्रदेश र जिल्ला शाखाको निर्वाचनमा सबै साधारण सदस्यले आ–आफ्नो जिल्लाबाटै मतदान गर्न पाउने व्यवस्था गरेको छ ।
सबै उम्मेद्वारहरुको नमोनयन नामावली हेर्न यहाँ क्लिक गर्नुहोस् ।