काठमाण्डौं । कोरोना संक्रमणको दोश्रो लहर शुरु भईसकेको सन्दर्भमा काठमाण्डौंमा बैशाख १६ गते बिहीबारदेखि एक हप्ताका लागि लकडाउन घोषणा गरिएको छ ।
१६ गते बिहीबार विहान ६ बजेदेखि २२ गते बुधबार राति १२ बजेसम्मका लागि विभिन्न गतिविधिमा रोक लगाईएको काठमाण्डौंका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीले जानकारी दिनुभयो । मानिसको जमघट हुने खालका सभा सम्मेलन, सिनेमा हल, पार्टी प्यालेस, पुस्तकालय, संग्रहालय, चिडियाखाना आदि बन्द गर्न आदेश जारी गरिएको छ । विवाह ब्रतबन्धमा जिल्ला प्रशासन कार्यालयबाट अनुमति लिएर बढीमा १५ जनासम्म सहभागि हुन पाईने छ ।
निजी तथा सार्वजनिक यातायात सञ्चालनमा रोक लगाईएको छ । अत्यावश्यक सामाग्री ढुवानी र बिरामी बोकेका एम्बुलेन्स साथै स्वास्थ्यकर्मी र सुरक्षा निकायले प्रयोग गर्ने बाहेक कुनै पनि यातायातका साधन उपत्यका प्रवेश गर्न नपाउने भएका छन् । एम्बुलेन्स, खाद्यन्न, तरकारी, फलफूल, दुग्धजन्य पदार्थ, बैंक तथा वित्तिय संस्था, इन्टरनेट, आईसोलेसन, क्वारेन्टाईन, फोहोरमैला व्यवस्थापन गर्ने यातायातका साधन सञ्चालन हुन पाउनेछन् ।
अत्यावश्यक खाद्य सामाग्रीको हकमा खाद्यन्न, औषधि तथा स्वास्थ्य सामाग्री बाहेकका पसल विहान १० बजेसम्म र बेलुकी ५ बजेदेखि ७ बजेसम्म मात्र खोल्न पाईने छ । नेपाल सरकारका कर्मचारी, बैंक तथा वित्तिय संस्था र अन्य अत्यावश्यक सेवाका कार्यालयका कर्मचारीहरुले कार्यालयको परिचयपत्र देखाएर आवातजावत गर्न पाउनेछन् ।
सञ्चारकर्मी तथा पत्रकारले सूचना विभागबाट जारी गरिएको परिचयपत्रका आधारमा सूचना संकलन र सम्प्रेषण गर्न आवातजावत गर्न पाईने भएको छ ।
यस्तो छ प्रमुख जिल्ला अधिकारीले जारी गर्नुभएको आदेश