दोलखा । इश्वरचन्द्र पोखरेलको नेतृत्वमा ४ सय ५१ सदस्यीय नेकपा (एमाले) जिल्ला कमिटी दोलखा दशौं जिल्ला अधिवेशन आयोजक कमिटी गठन गरिएको छ ।
कमिटीको सचिव नरबहादुर श्रेष्ठ हुनुहुन्छ भने अन्य सबैजना सदस्य रहनुभएको छ । मंगलबार कमिटीको नेतृत्वसहित सदस्यहरुलाई मंगलबार चरिकोटमा भएको एक कार्यक्रममा नेकपा (एमाले) बागमति प्रदेशका सह–ईन्चार्ज काशिराज अधिकारीले शपथ ग्रहण गराउनुभएको सचिव श्रेष्ठले जानकारी दिनुभयो । आगामी भदौ महिनाभित्र जिल्ला अधिवेशन गर्नको लागि आयोजक कमिटी बनाईएको हो ।
कार्यक्रममा नेकपा (एमाले) का केन्द्रिय सदस्य तथा नेपाल सरकारका सञ्चार तथा सूचना प्रविधि मन्त्री पार्वत गुरुङ, बागमति प्रदेश कमिटी अध्यक्ष आनन्दप्रसाद पोखरेल लगायतले सपथ ग्रहण तथा प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै आफूले पाएको जिम्मेवारी पूरा गरेर पार्टीको गरिमा बढाउन भूमिका खेल्न निर्देशन दिनुभएको छ ।
चरिकोटमा बसेको नेकपा (एमाले) जिल्ला संगठन कमिटीको बैठकले स्थानीय तहको कमिटीका पार्टी नेतृत्वको जिम्मेवारी पनि बाँडफाँड गरेको छ । गाउँपालिकास्तरका कमिटीहरुलाई बैशाख २१ गतेभित्र पूर्णता दिनुको साथै २५ गतेभित्र सम्पूर्ण वडामा पार्टी संगठन कमिटी गठन गरीसक्ने कार्ययोजना रहेको जिल्ला संगठन कमिटीका सचिव श्रेष्ठले बताउनुभयो ।
गौरीशंकर गाउँपालिका
ईन्चार्ज– स्वयंम बहादुर खड्का
अध्यक्ष– जंग गुरुङ
सचिव– देवराम बुढाथोकी
बैत्यश्वर गाउँपालिका
ईन्चार्ज– ऋषिकेश उप्रेती
अध्यक्ष– माधव प्रसाद घिमिरे
सचिव– माधव प्रसाद दाहाल
तामाकोशी गाउँपालिका
ईन्चार्ज– जीवसराज खड्का
अध्यक्ष– नारायणध्वज खड्का
सचिव– होम बहादुर श्रेष्ठ
मेलुङ गाउँपालिका
ईन्चार्ज– हीरा थोकर
अध्यक्ष– अम्बिका गोले
सचिव– ललित बस्नेत
शैलुङ गाउँपालिका
ईन्चार्ज– धन बहादुर तामाङ
अध्यक्ष– थिर बहादुर मोक्तान
सचिव–गणेश बहादुर कार्की
भीमेश्वर नगरपालिका
ईन्चार्ज– हरिवंश चौलागाई
अध्यक्ष– ज्ञानेन्द्र प्रधान
सचिव– रामचन्द्र बस्नेत
जिरी नगरपालिका
ईन्चार्ज– टपेन्द्र खड्का
अध्यक्ष– टंक बहादुर जिरेल
सचिव– शम्भुप्रसाद दहाल
कालिञ्चोक गाउँपालिका
ईन्चार्ज– विनकुमार थामी
अध्यक्ष– इश्वरी प्रसाद दाहाल
सचिव– होम थामी
विगु गाउँपालिका
ईन्चार्ज– सुन्दर विक
अध्यक्ष– टेकमान तामाङ
सचिव– लोक बहादुर नेपाली