दोलखा । बिहीबार दोलखामा थप ५८ जनामा कोरोना संक्रमण पुष्टी भएको भएको स्वास्थ्य कार्यालय दोलखाले जनाएको छ ।
चरिकोट अस्पतालमा १ सय ९३ जनाको पिसिआर परिक्षण गर्दा ५८ जनामा संक्रमण पुष्टी भएको स्वास्थ्य कार्यालय दोलखाले जनाएको छ । संक्रमण पुष्टी हुनेमा सबैभन्दा बढी कालिञ्चोक गाउँपालिकाका १६ पुरुष र १३ महिला गरी २९जना, भीमेश्वर नगरपालिकाका १२ पुरुष र ३ महिला गरी १५ जना, विगु गाउँपालिकाका २ पुरुष र २ महिला गरी ४ जना, शैलुङ गाउँपालिकाका ५ जना पुरुष रहेका छन् ।
त्यसैगरी तामाकोशी गाउँपालिकाका ३ महिला र बैतेश्वर गाउँपालिकाका २ पुरुष संक्रमित भएका हुन् । योसँगै दोलखामा कोरोना सक्रिय संक्रमितको संख्या ६ सय ७२ पुगेको स्वास्थ्य कार्यालयले सार्वजनिक गरेको तथ्याङ्कमा उल्लेख छ ।
बिहीबार बैतेश्वर गाउँपालिकाका २ पुरुष र २ महिला गरी ४ जना, तामाकोशी गाउँपालिकाका २ पुरुष र ६ महिला गरी ८ जना, जिरी नगरपालिकाका २ पुरुष र २ महिला गरी ४ जना तथा भीमेश्वर नगरपालिकाका ६ पुरुष गरी २२ जना संक्रमण मुक्त भएसँगै कोरोना संक्रमणमुक्त हुनेको संख्या १ सय ४ पुगेको छ ।
हालसम्म जिल्लामा कोरोना संक्रमणका कारण ज्यान गुमाउनेको संख्या ७ पुगको छ । सक्रिय संक्रमितमध्ये ६ सय १५ जना होम आईसोलेसनमा छन भने ५७ जना अस्पतालमा उपचाररत छन् । उपचाररतमध्ये सात जना एचडियुमासहित ३० जना चरिकोट अस्पतालमा उपचार भईरहेको र १० जना चरिकोट अस्पतालबाट जिल्लाबाहिर रिफर गरी उपचार भईरहेको छ । त्यसैगरी बैतेश्वर अस्पतालमा ४ जना, तामाकोशी कोभिड अस्पतालमा ३ जना, सिँगटी अस्पतालमा ४ जना र जिरी अस्पतालको आईसोलेसन वार्डमा ६ जनाको उपचार भईरहेको छ ।