दोलखा । शुक्रबार दोलखामा थप ८६ जनामा कोरोना संक्रमण पुष्टी भएको भएको स्वास्थ्य कार्यालय दोलखाले जनाएको छ ।
चरिकोट अस्पतालमा १ सय ९३ जनाको पिसिआर परिक्षण गर्दा ८६ जनामा संक्रमण पुष्टी भएको स्वास्थ्य कार्यालय दोलखाले जनाएको छ । संक्रमण पुष्टी हुनेमा सबैभन्दा बढी कालिञ्चोक गाउँपालिकाका १० पुरुष र १५ महिला गरी २५ जना, बैतेश्वर गाउँपालिकाका ८ पुरुष र १६ महिला गरी २४ जना, तामाकोशी गाउँपालिकाका ९ पुरुष र ७ महिला गरी १६ जना तथा भीमेश्वर नगरपालिकाका ५ पुरुष र ५ महिला गरी १० जना रहेका छन् ।
त्यसैगरी जिरी नगरपालिकाका ५ पुरुष र ५ महिला गरी १० जना, गौरीशंकर गाउँपालिकाका १ पुरुष संक्रमित भएका हुन् । योसँगै दोलखामा कोरोना सक्रिय संक्रमितको संख्या ७ सय २१ पुगेको स्वास्थ्य कार्यालयले सार्वजनिक गरेको तथ्याङ्कमा उल्लेख छ ।
शुक्रबार विगु गाउँपालिकाका २ पुरुष र २ महिला गरी ४ जना, भीमेश्वर नगरपालिका ९ पुरुष र ८ महिला गरी १७ जना, तामाकोशी गाउँपालिकाका १ पुरुष, कालिञ्चोक गाउँपालिकाका ५ पुरुष र १ महिला गरी ६ जना, गौरीशंकर गाउँपालिकाका ९ जना पुरुष गरी ३७ जना संक्रमण मुक्त भएसँगै कोरोना संक्रमणमुक्त हुनेको संख्या १ सय ४१ पुगेको छ ।
हालसम्म जिल्लामा कोरोना संक्रमणका कारण ज्यान गुमाउनेको संख्या ७ पुगको छ । सक्रिय संक्रमितमध्ये ६ सय ६३ जना होम आईसोलेसनमा छन भने ५८ जना अस्पतालमा उपचाररत छन् । उपचाररतमध्ये आठ जना एचडियुमासहित ३० जना चरिकोट अस्पतालमा उपचार भईरहेको र १० जना चरिकोट अस्पतालबाट जिल्लाबाहिर रिफर गरी उपचार भईरहेको छ । त्यसैगरी बैतेश्वर अस्पतालमा ४ जना, तामाकोशी कोभिड अस्पतालमा ३ जना, सिँगटी अस्पतालमा ५ जना र जिरी अस्पतालको आईसोलेसन वार्डमा ६ जनाको उपचार भईरहेको छ ।