दोलखा । मंगलबार दोलखामा थप ४० जनामा कोरोना संक्रमण पुष्टी भएको भएको स्वास्थ्य कार्यालय दोलखाले जनाएको छ ।
चरिकोट अस्पतालमा १ सय ८७ जनाको पिसिआर परिक्षण गर्दा ४० जनामा संक्रमण पुष्टी भएको स्वास्थ्य कार्यालय दोलखाले जनाएको छ । संक्रमण पुष्टी हुनेमा सबैभन्दा बढी कालिञ्चोक गाउँपालिकाका ७ पुरुष र १० महिला गरी १७ जना, भीमेश्वर नगरपालिकाका ५ पुरुष र ४ महिला गरी ९ जना, गौरीशंकर गाउँपालिकाका २ पुरुष र ३ महिला गरी ५ जना रहेका छन् ।
त्यसैगरी विगु गाउँपालिकाका २ पुरुष र ३ महिला गरी ५ जना, मेलुङ गाउँपालिकाका १ पुरुष र २ महिला गरी ३ जना तथा बैतेश्वर गाउँपालिकाका १ पुरुष संक्रमित भएका हुन् । योसँगै दोलखामा कोरोना सक्रिय संक्रमितको संख्या ७ सय २८ पुगेको स्वास्थ्य कार्यालयले सार्वजनिक गरेको तथ्याङ्कमा उल्लेख छ ।
मंगलबार जिरी नगरपालिकाका २२ पुरुष र १२ महिला गरी ३४ जना, तामाकोशी गाउँपालिकाका ८ पुरुष र ६ महिला गरी १४ जना, विगु गाउँपालिकाका १० पुरुष र १ महिला गरी ११ जना, भीमेश्वर नगरपालिकाका ६ पुरुष र ४ महिला गरी १० जना, कालिञ्चोक गाउँपालिकाका ५ पुरुष र १ महिला गरी ६ जना तथा शैलुङ गाउँपालिकाका ३ पुरुष र १ महिला गरी ४ जना गरी जम्मा ७९ संक्रमण मुक्त भएसँगै कोरोना संक्रमणमुक्त हुनेको संख्या ३ सय १७ पुगेको छ ।
सक्रिय संक्रमितमध्ये पाँचजना एचडियुमासहित ३४ जना चरिकोट अस्पतालमा उपचार भईरहेको छ । त्यसैगरी तामाकोशी कोभिड अस्पतालमा ५ जना, सिँगटी अस्पतालमा ६ जना र जिरी अस्पतालको आईसोलेसन वार्डमा ५ गरी ५० जनाको उपचार भईरहेको छ । चरिकोट अस्पतालबाट जिल्लाबाहिर रिफर गरिएका ८ जनामध्ये पछिल्लो २४ घण्टामा भीमेश्वर नगरपालिका र गौरीशंकर गाउँपालिका एक एक जना पुरुष गरी २ जनाको मृत्यु भएको स्वास्थ्य कार्यालय दोलखाले जनाएको छ । योसँगै जिल्लामा कोरोना संक्रमणका कारण ज्यान गुमाउनेको संख्या १० पुगको छ ।