दोलखा । मंगलबार दोलखामा थप ७४ जनामा कोरोना संक्रमण पुष्टी भएको भएको स्वास्थ्य कार्यालय दोलखाले जनाएको छ ।
चरिकोट अस्पतालमा ९२ जनाको पिसिआर परिक्षण गर्दा ४१ जना र १ सय ३८ जनाको एनटीजिन परिक्षण गरिएकोमा ३३ जना गरी जम्मा ७४ जनामा कोरोना संक्रमण पुष्टी भएको स्वास्थ्य कार्यालय दोलखाले जनाएको छ । संक्रमण पुष्टी हुनेमा सबैभन्दा बढी मेलुङ गाउँपालिकाका १४ पुरुष र १३ महिला गरी २७ जना, भीमेश्वर नगरपालिकाका १४ पुरुष र ६ महिला गरी २० जना, शैलुङ गाउँपालिकाका १० पुरुष र २ महिला गरी १२ जना रहेका छन् ।
त्यसैगरी तामाकोशी गाउँपालिकाका २ पुरुष र ४ महिला गरी ६ जना, कालिञ्चोक गाउँपालिकाका १ पुरुष र २ महिला गरी ३ जना, विगु गाउँपालिकाका ४ पुरुष र बैतेश्वरका २ पुरुष संक्रमित भएका हुन् । योसँगै दोलखामा कोरोना सक्रिय संक्रमितको संख्या ७ सय ३२ पुगेको स्वास्थ्य कार्यालयले सार्वजनिक गरेको तथ्याङ्कमा उल्लेख छ ।
मंगलबार भीमेश्वर नगरपालिकाका ४३ पुरुष र १८ महिला गरी ६१ जना, तामाकोशी गाउँपालिकाका ४ पुरुष र ४ महिला गरी ८ जना, जिरी नगरपालिकाका ३ पुरुष र १ महिला गरी ४ जना तथा मेलुङ गाउँपालिकाका ४ पुरुष र २ महिला गरी ६ जना संक्रमण मुक्त भएसँगै कोरोना संक्रमणमुक्त हुनेको संख्या ६ सय ९९ पुगेको छ ।
सक्रिय संक्रमितमध्ये चारजना एचडियुमासहित १६ जना चरिकोट अस्पतालमा उपचार भईरहेको छ । त्यसैगरी तामाकोशी कोभिड अस्पतालमा २ जना, सिँगटी अस्पतालमा ६ जना र जिरी अस्पतालको आईसोलेसन वार्डमा १ जना, बैतेश्वर अस्पतालमा ३ जना गरी २८ जनाको उपचार भईरहेको छ । चरिकोट अस्पतालबाट जिल्लाबाहिर रिफर ६ जना बिरामी रिफर गरिएको छ ।