दोलखा । नेकपा एमाले दोलखाको अध्यक्ष पदमा हालको कमिटीका उपाध्यक्ष र सचिवबिच प्रतिस्पर्धा हुने भएको छ ।
केहि बेरअघि सकिएको उम्मेद्वारी दर्ता अनुसार हालको कमिटीका उपाध्यक्ष नरबहादुर श्रेष्ठ र सचिव भरत प्रसाद दुलाल मात्र उम्मेद्वारी परेपछि दुई जनाबिच मात्र प्रतिस्पर्धा हुने पक्का भएको हो ।
त्यसैगरी उपाध्यक्षमा राजेन्द्र मानन्धर, जानुका न्यौपाने, प्रेककुमारी चौलागाँई, कृष्ण बस्नेत र राम बहादुर श्रेष्ठ गरी पाँच जनाको उम्मेद्वारी परेको निर्वाचन समितिले जनाएको छ । सचिवमा भने हिरा थोकर र होम प्रसाद पाठकको मात्र उम्मेद्वारी परेको छ ।
उपचिवमा भने दर्जन बढीले उम्मेद्वारी दर्ता गराएका छन् । उपसचिव पदमा उम्मेद्वारी दिनेमा सुन्दर कार्की, धर्मेन्द्र मोक्तान, सुन्दर लामिछाने, रेशमराजस्वराज रिमाल, कमला बस्नेत, केशव चौलागाँई, सीता केसी रहनुभएको छ । त्यसैगरी हरिवंश चौलागाँई, माधवलाल कायस्थ, विनकुमार थामी, गोमा केसी, नवराज कार्की र हरि जिरेलले पनि उपसचिव पदमा उम्मेद्वारी दर्ता गराउनुभएको छ ।
नेकपा एमालेको विधान अनुसार निर्वाचनबाट १ अध्यक्ष, १ उपाध्यक्ष, १ सचिव र २ उपसचिव निर्वाचित हुनेछन् ।