दोलखा । नेकपा एमाले दोलखाले १६ जनालाई जिल्ला कमिटी सदस्यमा मनोनयन गनुको साथै पालिका इन्चार्ज तथा सहइन्चार्जको जिम्मेवारी तोकेको छ ।
माघ २१ र २२ गते चरिकोटमा बसेको पहिलो बैठकले मनोनयन तथा जिम्मेवारी तोकेको नेकपा एमाले दोलखाको प्रचार तथा प्रकाशन विभागले आईतबार पत्रकार सम्मेलन गरेर जानकारी दिएको हो ।
बैठकले विधान बमोजिम निर्वाचित जिल्ला कमिटीको १० प्रतिशत बराबर संख्या र एकिकरण प्रक्रियामा अन्य पार्टीबाट एमाले प्रवेश गरेका गरी जम्मा १६ जनालाई जिल्ला कमिटी सदस्य पदमा मनोनित गरेको छ । मनोनित हुनेहरुमा जिवसराज खड्का, ऋषिकेश उप्रेती, कमलराज खत्री, हेमन्त चौलागाँई, धनबहादुर तामाङ, हरि ओली, छिरीङ वाङ्दे शेर्पा, सोम बम्जन रहनुभएको छ । त्यसैगरी कुमार लगुन, दिपेन्द्र शिवाकोटी, गणेश प्रसाद शिवाकोटी, दुर्गा प्रसाद काफ्ले, हिरण्य बहादुर गुरुङ, निमा साङ्गे शेर्पा, सन्तोष राउत र दिनेश बस्नेतलाई जिल्ला कमिटी सदस्य पदमा मनोनित गरेको छ ।
भूगोलतर्फको जिम्मेवारी बाँडफाँड अन्तर्गत पालिकाहरुमा इन्चार्ज तथा सह–इन्चार्जको जिम्मेवारी पनि तोकिएको छ ।
भीमेश्वर नगरपालिका
इन्चार्जः नवीन लामा
सह–इन्चार्जः कैलाश श्रेष्ठ
जिरी नगरपालिका
इन्चार्जः गोपाल जिरेल
सह–इन्चार्जः तेजबहादुर खड्का, कृष्णमाया बुढाथोकी
गौरीशंकर गाउँपालिका
इन्चार्जः स्वयम बहादुर खड्का
सह–इन्चार्जः जेवी गुरुङ, झलककुमार कार्की
बैतेश्वर गाउँपालिका
इन्चार्जः ऋषिकेश उप्रेती
सह–इन्चार्जः रेशमराजस्वराज रिमाल, डबल बहादुर तामाङ
तामाकोशी गाउँपालिका
इन्चार्जः देवी प्रसाद शर्मा
सह–इन्चार्जः नवीन नेपाली, धिरज सुवेदी, वसन्त थापा
मेलुङ गाउँपालिका
इन्चार्जः छत्रराज उप्रेती
सह–इन्चार्जः गायत्री आचार्य, सोम बम्जन
शैलुङ गाउँपालिका
इन्चार्जः धन बहादुर तामाङ
सह–इन्चार्जः इश्वर न्यौपाने, लालमाया योञ्जन
कालिञ्चोक गाउँपालिका
इन्चार्जः रोहितचन्द्र खड्का
सह–इन्चार्जः गणेश प्रसाद शिवाकोटी, लक्ष्मण थामी
विगु गाउँपालिका
इन्चार्जः कुमार खड्का
सह–इन्चार्जः गोमा केसी, प्रवीण खड्का