दोलखा । नयाँ नेतृत्व चयन गर्दै नेपाल बुद्धिजीवी परिषद् दोलखाको १० औं जिल्ला अधिवेशन शनिबार चरिकोटमा सम्पन्न भएको छ ।
अधिवेशनले बालकृष्ण दाहालको अध्यक्षतामा १९ सदस्यीय जिल्ला कार्य समिति सर्वसम्मत चयन गरेको छ । समितिको उपाध्यक्ष विमला दुलाल, सचिव सूर्य चौलागाँई, सहसचिव चन्द्रलाल घिसिङ र कोषाध्यक्ष भवनाथ घिमिरे चयन हुनुभएको छ । समिति सदस्यहरु सुदर्शन पोखरेल, यज्ञप्रसाद शिवाकोटी, शेर बहादुर थापा, गोविन्द बस्नेत, गौरव बस्नेत, रविन शिवाकोटी, सञ्जय कुमार खड्का चयन हुनुभएको छ । त्यसैगरी तोरण बहादुर सुनुवार, इन्दु वि.क, शान्त केसी, राजकुमार श्रेष्ठ, प्रमिला श्रेष्ठ, जमुना खुलाल र अम्बिका कार्की सदस्यमा सर्वसम्मत चयन हुनुभएको छ ।
नवनिर्वाचित कार्यसमितिको कार्यकाल तीन बर्षको हुनेछ । नेकपा एमालेको जनसंगठनको रुपमा रहेको नेपाल बुद्धिजीवी परिषद्मा स्वास्थ्य, शिक्षा, कानुन, विज्ञान प्रविधि, पत्रकारिता, कला, साहित्य, प्रशासन लगायत क्षेत्रमा विज्ञता भएका व्यक्तिहरु सदस्य हुन पाउने विधानमा व्यवस्था छ ।