दोलखा । राष्ट्रिय जनसाँस्कृतिक महासंघ दोलखाको नवौं जिल्ला अधिवेशन नयाँ नेतृत्व चयन गर्दै बुधबार सम्पन्न भएको छ ।
चरिकोटमा सम्पन्न अधिवेशनले सन्तोष पोखरेलको अध्यक्षतामा २० सदस्यीय नयाँ कार्यसमिति सर्वसम्मत रुपमा चयन गरेको छ । समितिको खुला उपाध्यक्ष छेडुप लामा, महिला उपाध्यक्ष रुपा भुजेल, सचिव मोहन तामाङ, उपसचिव विष्णुराज गुरुङ, कोषाध्यक्ष कृष्ण उप्रेति, सह–कोषाध्यक्ष केशर श्रेष्ठ सर्वसम्मत रुपमा चयन हुनुभएको नवनिर्वाचित अध्यक्ष पोखरेलले जानकारी दिनुभयो ।
समितिको सदस्यहरुमा कृष्ण बानियाँ, उपेन्द्र घिमिरे, जनता तामाङ, शक्ति थामी, धावा वाङ्गल लामा, युवराज लामा, गौतम शिवाकोटी चयन भएका छन् । त्यस्तै भगवती खत्री, नरेन्द्र घिसिङ, अङ्कित थामी, श्याम विश्वकर्मा, बुद्धिमान तामाङ, श्रीकृष्ण बस्नेत र राजन बुढाथोकी सदस्यमा चयन भएका छन् ।
नवनिर्वाचित कार्यसमितिको कार्यकाल तीन बर्षको हुनेछ । अधिवेशन उद्घाटन सत्रमा राष्ट्रिय जनसाँस्कृतिक महासंघका केन्द्रिय महासचिव प्रेमनाथ अधिकारी, केन्द्रिय सदस्य कालिका पाठक, एमाले दोलखाका अध्यक्ष नरबहादुर श्रेष्ठ, सचिव हिरा थोकर लगायतको सहभागिता रहेको थियो ।