दोलखा । अगामी बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा तामाकोशी गाउँपालिका अध्यक्षका लागि नेकपा एमालेबाट १० जनाले आकाङ्क्षा देखाएका छन् ।
उम्मेद्वार चयनका लागि शुक्रबार बसेको पालिका कमिटी बैठकमा १० जनाले इच्छा जाहेर गरेको पालिका कमिटी ईन्चार्ज देवी प्रसाद शर्माले जानकारी दिनुभयो । अध्यक्ष पदमा दाबी गर्नेमा एमाले प्रदेश कमिटी सदस्य बसन्तराज कार्कीदेखि पालिका कमिटी उपसचिव ज्ञानेन्द्र के.सी समेत रहनुभएको छ ।
अध्यक्ष पदका आकाङ्क्षीहरु
१.बसन्तराज कार्की– बागमती प्रदेश कमिटी, सदस्य
२.सुन्दर कार्की– जिल्ला कमिटी, उपसचिव
३.देवी प्रसाद शर्मा– जिल्ला कमिटी, सदस्य/पालिका ईन्चार्ज
४.जिवसराज खड्का– जिल्ला कमिटी, सदस्य
५.दुर्गा प्रसाद काफ्ले– जिल्ला कमिटी, सदस्य
६.नारायणध्वज खड्का– पालिका कमिटी, अध्यक्ष
७.उर्मिला खड्का– पालिका कमिटी, उपाध्यक्ष
८.ज्ञानेन्द्र के.सी– पालिका कमिटी, उपसचिव
९.सञ्जय कुमार खड्का– नेपाल राष्ट्रिय शिक्षक संगठन, जिल्ला अध्यक्ष
१०.श्यामकाजी कटुवाल– जिल्ला सल्लाहकार कमिटी, सदस्य
त्यसैगरी उपाध्यक्ष पदमा ६ जनाले दाबी गरेका छन् ।
उपाध्यक्ष पदका आकाङ्क्षीहरु
१.रेजिना सुनुवार– जिल्ला कमिटी, सदस्य
२.शान्ता खड्का– जिल्ला कमिटी, सदस्य
३.अम्बिका पोखरेल– पालिका कमिटी, सदस्य
४.निर्मला बुढाथोकी– पालिका कमिटी, सदस्य ५.मैयाँ न्यौपाने– काठमाण्डौं–तामाकोशी सम्पर्क मञ्च, सचिव
पालिका अध्यक्ष र उपाध्यक्ष पदका आकाङ्क्षीहरुबिच शनिबारदेखि नै छलफल गरेर टुङ्गो लगाउने तयारी भएको ईन्चार्ज शर्माले बताउनुभयो ।
छलफलबाट आएका नाम चैत्र २९ गते बस्ने पार्टीको जिल्ला कमिटी बैठकमा पेश गरिने र सर्वसम्मत हुन नसकेमा जिल्ला कमिटीले सम्भावित उम्मेद्वारका नाम प्रदेश कमिटीमा पठाउनेछ ।